logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमसिसी पास गर्नेकाे ज्यानकाे समेत हिसाब हुन्छ : विप्लव


  • राजनीति
  • मंगलबार, भाद्र २९ २०७८

विद्राेही दल नेपाल कम्युनिस्ट पार्टी ले हिजाे एमसिसी बिरुद्ध राजधानीमा विशाल बिराेध प्रदर्शन सभा गर्याे । खुल्ला मञ्चमा करिव ५ बर्षमा पछि सम्बाधेन गरेका नेकपाका महासचिव विप्लवले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ कडा रुपमा प्रस्तुत भए उनले एमसीसी पारित गर्न खोज्नेहरुलाई जीवनको ख्याल राख्न चेतावनी समेत दिए ।

हिजो खुलामञ्चमा एमसीसी पास नगर्न आफूहरुले विगतमा पनि चेतावनी दिदै आएको र यसलाई बढाउन खोज्नेहरुलाई भौतिक कारबाहीको चेतावनी समेत दिए । विप्लवले एमसीसीलाई राष्ट्रघाती भन्दै कुनै हालतमा पास हुन नदिने बताए ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव अमेरिकाले कथित सहयोग काे नाममा बिश्वका गरिव राष्ट्र माथि युद्ध थुपारेर रगतकाे व्यापार गरिरहेकाे आराेप लगाए । उनले स्वाभिमान ठुलाे कि पैसा भन्दै ५० करोड डलरले नेपाल काे कायापलट नहुने दावी गरे ।
नेपाल मामलामा चीन र अमेरिकाबीच टकराव बढ्दै जाँदा कम्युनिस्ट पार्टीहरु एमसीसीको विरोधमा खुल्दै गएका छन् । गैरकम्युनिस्ट पार्टीहरु एमसीसीको पक्षमा खुलेका छन् । कम्युनिस्ट पार्टीहरु चीनसँग नजिकिएको र गैरकम्युनिस्ट पार्टीहरु पश्चिमाहरुसँग नजिकिएको खुल्दै जाँदा एमसीसीको पक्ष वा विपक्षमा ध्रुवीकरण पनि यसरी नै बन्दै गएको छ ।

एमसीसीकै विषयले नेपालमा अमेरिका र चीनबीच टकराव बढ्दा देशभित्रका शक्तिबीच पनि नयाँ द्वन्द्वको खतरा बढेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार