logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

एमसिसीलाई पारित गरेर देखाउन ज्ञवालीकाे चेतावनी


  • राजनीति
  • बुधबार, भाद्र ३० २०७८

नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाली जनताको भावना हेरेर मात्र एमालेले एमसीसीको विषयमा निर्णय लिने बताएका छन् । मंगलबार एमाले जिल्ला कमिटी कपिलवस्तुले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले एमसीसी निर्णयमा कुनै हतार नगर्ने बताए ।

एमसीसी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको पालामा सहमति भएको र सरकारले गरेको काम भएकाले मात्र आफुहरूले अगाडि बढाएको उनको भनाइ छ । एमसीसी पास गर्ने सरकारको दायित्व रहेको भन्दै उनले सम्झौतालाई बहुमतले पारित गरेर देखाउन चुनौतीसमेत दिए ।

उनले आगामी निर्वाचनका जित्नका लागि कार्यकर्तालाई उत्कृष्ट काम गर्न निर्देशन समेत दिए । एमालेमाथि देखिएको घेराबन्दी अस्थायी प्रकृतिको रहेको भन्दै उनले आगामी निर्वाचनमा आफूहरूको जित सुनिश्चित भएको दाबी गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार