logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

ओलीलाई संसद देख्नै हुन्न, घिन लाग्छ : गगन थापा


  • राजनीति
  • बिहिबार, असोज ७ २०७८

सत्ताको नेतृत्वकर्ता दलका नेपाली काँग्रेसका सांसद तथा युवा नेता गगन थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसद्सँग घृणा जागेका कारण अवरोध गत्यारोध सिर्जना गर्ने गरेको आरोप लगाएका छन् । संसद्प्रति ओलीको घृणा सिङ्गो नेकपा(एमाले)मा पनि पुगेको भन्दै उनले एमालेले संसदीय मर्यादामा बस्न नसकेको तर्क गरेकाछन ।

आज बसेको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने – ‘केपी शर्मा ओलीले आफ्नो कार्यकाल भरी संसद्लाई हेप्नुभयो । संसद्लाई बेवास्ता गर्नुभयो । पटक–पटक भङ्ग गर्नुभयो । अहिले संसद् पुनःस्थापित भइसकेपछि उहाँलाई संसद्सँग यति घृणा लाग्छ कि यो संसद्लाई उहाँले पङ्गु बनाउनुभएको छ । अहिलेको हर्कत हेर्दै गर्दा सिङ्गो नेकपा(एमाले) लाई संसद् प्रतिको व्यक्तिको घृणाबाट पार्टीमा पुग्यो भन्न कर लागेको छ ।’

नेता थापाले प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण सांसदहरूले बजेटको विषयमा बोल्न नपाएको उल्लेख गरे । एमालेको अवरोधले सांसदहरूले संसद्मा आफ्नो भूमिका समेत निर्वाह गर्न नपाएको बताए । एमालेको प्रस्तुतिले संसदीय पद्धतिको गरिमा राख्न नसक्ने उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार