logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नेकपा बैठकको खाना प्रचार : पत्रकारिताको खोलबाट दलालको म्याउ


  • अखिल बिश्वकर्मा
  • शुक्रबार, असोज ८ २०७८

झन्डै ३ वर्षको प्रतिबन्ध पार गर्दै केही महिना अगाडि मात्र सहज राजनीतिक अवस्थामा आएको नेपाल कम्युनिस्ट पार्टिको माथी मिसनमा चलेका केही मिडियाहरुको अनर्गल र भद्दा प्रचार गरेकाछ्न । यही असोज १ गतेदेखि ५ गते सम्म चलेको एघारौं पुर्ण बैठकको बेला भएको सामन्य खानपिनको विषयलाई गलत र प्रायोजित ढंगले उठाएर नेकपा माथी जनतालाइ भ्रम दिने कोशिश भएको पाइएको छ । चर्चा कमाउने नाममा कुनै पार्टीको सामन्य दैनिकीलाई रंग भरेर भ्रमित गर्नु पत्रकारीता माथिकै एक गम्भीर प्रश्न बन्न पुगेको छ ।

कति सम्म भने बिप्लवको मिटिङ्गमा “खसिको मासु र लोकल कुखुराको झोल”, ” विप्लव समुहको खानपिन काण्ड ” जस्ता पत्रकारीताको सामन्य मूल्य भित्र नपर्ने शिर्षक राखेर केही अनलाइन र दैनिक पत्रीकाले तथ्यहिन र काल्पनिक समाचार सम्प्रेषण गर्दै हमला गर्दै भ्रम छर्ने कोशिश भएको हो ।

यी र तस्ता स्तरहिन समाचार पछि बैठकमा सहभागी नेताहरुलाई सम्पर्क गरेर उक्त विषयमा चासाे राख्दै गर्दा उक्त हल्ला भ्रामक र प्रायोजित भएको बताएकाछन । नेकपाकाे केन्द्रीय बैठक पानी झरिको बिचमा निक्कै मर्यादित ढङ्गले सम्पन्न भएको नेताहरुले बताएका छन । नेकपा स्रोतका अनुसार बैठकमा साधारण खाना खाइएको, दुई छाक ब्रोइलर कुखुराको मासु, एक छाक खसिको मासु र बांकी सात छाक एकदमै सादा खाना खाइएको बताए । उनका अनुसार समूह समुहमा बन्दिपुरका एकदमै साधारण होटलहरुमा सस्तोमा बसिएको थियोे । मिटिङ हलकै छेउमा मेस संचालन गरिएको र मेसमा तनहुँ जिल्ला पार्टिका नेता कार्यकर्ता खटेको समेत बताएकाछन ।

स्रोतका अनुसार अहिले केही दलाल अनलाइन मिडिया तथा पत्रकारहरूले तथ्यहिन र प्रायोजित बहाना बनाएर नेकपाको नेताको साधारण, पारदर्शी र स्वच्छ जीवनशैली भ्रम फिजाउने झिंगे दाउ भएको बताएको छ ।

स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टी देश र जनताको पक्षमा इमानदार बनेर लागेकै कारण नेकपा र नेतृत्व प्रती जनताको आकर्षणको डाहाले जलेर अर्थात देशको स्वाधीनता र जनताको न्यायपुर्ण संघर्षबाट आतिएकाहरुको बर्बबराहट भएको टिप्पणी गरेकाछन । मौका पर्दा देशनै बेच्नेहरुको गुणगान गर्ने पत्रकारको आवरण भित्र रहेका मानिसहरुको हर्कतलाइ उचित समयमा जनताले जवाफ दिने बताएको छ ।

हामीलाई प्राप्त जानकारी अनुसार नेकपाकाे केन्द्रीय बैठकमा उपस्थित नेताहरूले लाइन लागेर सामुहिक रुपमा खाना खाइरहेकाे पाइएको छ भने बैठककाे विषयमा बाहिर सार्वजनिक भएको जस्तो यथार्थ नभएको पाइएको छ।

संसदीय व्यवस्था असफल भएको र यसले देश र जनतालाई निकास दिन नसक्ने भन्दै बैज्ञानिक समाजवादी व्यवस्थाका लागि नेकपाले संघर्ष गरिरहेका बेला मर्यादित र देशको चाैथाे अंग मानिएको पत्रकार र उक्त पेशालाई नै बदनाम गराउने गरी आउने समाचारले जनतामा भ्रम मात्रै फैलाउदैन , देश जनतालाइ एउटा गम्भीर र खतरानाक षड्यन्त्र समेत गरेको प्रष्ट बुझ्न सकिन्छ । त्यसैले ती र त्यस्ता मानिसले पत्रकारीताको न्युनतम मूल्य बोध गर्न जरुरी देखिन्छ । अन्यथा पत्रकारीताको आवरणमा प्रतिगमन र दलालहरुको म्याउले एक मर्यादित पेसालाइ नै बदनामीत गर्ने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार