राजनीति
पोखरामा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष र सचिव सहित सचिवालयमा रहेका केही सिनियर नेताहरु लगाएत २५ जना केन्द्रिय सदस्यहरु बिदाइ भएकाछन । आयोजक समिति ३८ जना रहेको थियो।
चार दिनसम्म पोखरामा चलेको सम्मेलनले १०५ सदस्यीय केन्द्रीय समिती चयन गरेको स्रोतले जनाएको छ । सम्मेलनले आयोजक समितिमा रहेका उपाध्यक्ष रुद्र भट्टराई , सचीव सन्तोषी भट्टराई सचिवालय सदस्यहरु बिरेन्द्र बिक, कलम बडुवाल,लोकेन्द्र सार्की,पुष्प न्यौपाने,हर्क बिक,मुकुन्द श्रेष्ठ लगाएत २६ जना बिदाइमा परेका हुन । त्यस्तै बिद्यार्थी नेता उषाकिरण सम्मेलनको पुर्वसन्धयामा बिदाइमा परेका थिए ।
सम्मेलनले प्रकाश शाही अध्यक्ष, उपाध्यक्ष नरेन्द्र बिक,महासचिव मिलन राई, सचीव बिरेन्द्र शाह र कोषाध्यक्ष रुपाबुढा मगरलाई चयन गरेको हो ।
नेकपाका महासचिव विप्लवद्धारा पोखराको चिप्लेढुङ्गामा उद्घाटन भएको सम्मेलन चार दिनदेखि पोखराको लेकसाइडमा बन्दसत्र चलेको थियो । अखिल क्रान्तिकारीको सम्मेलन उद्धघाटन गर्न नेकपाका सचिवालयका नेताहरु प्रकाण्ड,सुदर्शन, कंचन र विषम लगाए केन्द्रिय नेताहरु पुगेका थिए ।
अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन भर्खरै सकिएको हो । सम्मेलन हिजो ८ गते नै सकिने तय भएतापनी एक दिन थप लम्बिएको थियो । बन्दसत्र अवधीभर नेकपाका प्रवक्ता प्रकाण्डको उपस्थिती रहेको थियो ।
झन्डै साढे तिन वर्ष अगाडी दाङमा सम्पन्न २१ औं राष्ट्रिय सम्मेलनमा क्रान्तिकारीमा ३० बर्षे उमेरको हदबन्दी लगाइएको थियो । तर यसपटक भने उमेर हदबन्दी हटाएर नेतृत्व चयन गरिएको जनाएको छ । गत २१ औं राष्ट्रिय सम्मेलनमा ४२ जना सिनियर केन्द्रिय नेताहरु बिदाइ भएपछि नयाँ टिम बनेको थियो । त्यस्तै यो २२ औं सम्मेलनबाट पनि पुराना १३ जना बाहेक सबैलाइ बिदा गरिएको क्रान्तिकारी स्रोतले जनाएको छ ।