logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

जनयुद्धकालिन मुद्दामा अग्नि सापकोटाको आजै सुनुवाइ हुँदै


  • राजनीति
  • बुधबार, असोज १३ २०७८

सभामुख अग्नि सापकोटाविरूध्दको द्वन्द्वकालीन मुध्दा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा आजलाई पेशी चढेको छ ।

मुद्दा प्रधानन्यायाधीश चालेन्द्रसमशेर जबरासहित वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासको पहिलो नम्बरमै सुनुवाइ हुन लागेको हो ।

काभ्रेको अर्जुन लामा हत्या प्रकरणमा सापकोटाको संलग्नता रहेको भन्दै श्रीमती पूर्णिमाया लामाले २०६९ साल मंसिर सात गते मुद्दा दायर गरेकी थिइन् । सापकोटा उक्त समय सूचना तथा सञ्चार मन्त्री थिए।

यस्तै पत्रकार कनकमणि दीक्षितले ०६८ साल असार ६ गते अदालतको अवहेलनामा र सुशील प्याकुरेललगायतले ०७२ साल चैत्र २६ गते दायर गरेका तीनै थरि मुध्दालाई एकै ठाउँमा राखेर आज सुनुवाई हुन लागेको हो ।

जनयुध्द उत्कर्षमा पुगेको बेला ०६२ साल वैशाख १६ गते श्रीकृष्ण मावि दाप्चामा अभिभावक भेला स्थलबाट अर्जुन लामालाई अपहरण गरी सोही सालको साउन तेस्रो साता खाल्डो खन्न लगाएर ज्यूँदै पुरेको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाको जिकिर छ ।

सभामुख अग्नि सापकोटा पक्षको भने,यो मुद्दालाई द्वन्द्वकालीन मुद्दाको रूपमा हेरिनुपर्ने भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार