logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

माओवादी केन्द्रमा एक ब्यक्ति एक पद हुने : कसको पद धरापमा पर्दै ?


  • राजनीति
  • बिहिबार, असोज १४ २०७८

नेकपा माओवादी केन्द्रको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा करिब १२ सय प्रतिनिधि सहभागी हुने भएका छन्। बुधवार बसेको स्थायी कमिटी बैठकमा १२ सयसम्म प्रतिनिधि सहभागी बन्ने आंकलन गरेको नेता गणेश साहले जानकारी दिए।

‘स्थानीय, प्रदेश र केन्द्रका गरेर १२ सय प्रतिनिधि सहभागी हुनसक्ने आंकलन गरिएको छ,’ साहको भनाइ छ। यसैगरी बैठकले एकै व्यक्ति दुई वटा कमिटीमा बस्न नपाउने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

उनले भने, ‘केन्द्रीय कमिटीका सदस्यहरू प्रदेश कमिटीमा र प्रदेश सदस्य पालिका स्तरीय कमिटीमा बस्न नपाउने भएका छन्। माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।’ माओवादीमा लागू हुने यो नियमले धेरैलाइ प्रभावित गर्ने देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार