logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रचण्डको बिद्यार्थीका ६ दावेदार : कसलाई कुन नेताको साथ ?


  • राजनीति
  • शुक्रबार, असोज १५ २०७८

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन हिजो मात्र काठमाडौंमा उद्धघाटन भएर आज देखि बन्दसत्र सुरु हुदैछ ।

१६ गतेसम्म चल्ने सम्मेलनले अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्ष रञ्जित तामाङले सहमतिको आधारमा नयाँ नेतृत्व चयन हुने जानकारी दिएकाछन ।

२१ औं राष्ट्रिय सम्मेलनमा पहिलोपटक निर्वाचनमार्फत् तामाङ अध्यक्ष चुनिएका थिए । अहिले नेतृत्व चयन गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ । यसैक्रममा संभावना बोकेका बिद्यार्थी नेताहरुलाइ पार्टीका नेताहरुले बोक्नेकाम भएको बुझिएको छ । अध्यक्ष पदका प्रवल दावेदार र पदेन दावेदार सबैलाइ कुनै न कुनै नेताले ढाडस दिएको बुझ्न कठिन छैन ।
कसलाई कुन नेताको साथ?
पञ्चा सिंहः संगठनमा यस पटक अध्यक्षको एक मात्र महिला प्रत्याशी हुन् सिंह।

कर्णाली प्रदेश र महिला विभागमा प्रभाव पार्न सक्ने उनी अहिले बढी चर्चामा रहेको नेताहरु स्वीकार गर्छन्। जनार्दन शर्माको निकट रहेकी अध्यक्ष प्रचण्डबाट पनि साथकाे अपेक्षा गरेकी छिन्।

दीपक देवकोटाः हाल उपाध्यक्ष रहेका देवकोटा रसुवाका हुन्। क्रान्तिकारीमा रहेका पुराना नेतामध्येका उनी एक हुन्।

अर्थमन्त्री तथा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माको निकट रहेका उनी जनयुद्धका बेला ४ वर्ष जेल परेका थिए।

त्यही कारण पनि उनलाई अध्यक्ष प्रचण्डको पनि साथ रहने नेताहरु अनुमान गर्छन। उनी अनिल शर्मा प्यानलबाट चुनाव उठेर क्रान्तिकारीको उपाध्यक्ष बनेका हुन्।

सुरेन्द्र बस्नेतः बस्नेत पनि क्रान्तिकारीका उपाध्यक्ष छन्। अध्यक्ष रञ्जित तामाङ प्यानलबाट उनले उपाध्यक्ष जितेका हुन्। एमालेमा रहेका उनी शान्तिप्रक्रियापछि भने माओवादी प्रवेश गरेका हुन्।

अहिले उनलाई वर्षमान पुन र शक्ति बस्नेतले साथ दिएको क्रान्तिकारीका एक नेताले दाबी गरे। उनका २ भाइ जनयुद्धमा मारिएका थिए।

‘उहाँलाई वर्षमान पुन र शक्ति बस्नेतको साथ छ,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘पूर्वको भएकाले अध्यक्ष बनाउन लबिङ भइरहेको छ।’

तिलक भण्डारी: अध्ययनशील नेतामा गनिन्छन् भण्डारी। उनी माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरासँग बढी निकट छन्। तर, पछिल्लो चरण उनले पार्टीका सबै नेताहरुसँग बलियो सम्बन्ध बनाइसकेका छन्।

यस आधारमा उनी वर्षमान पुन, शक्ति बस्नेतसँग पनि नजिक छन्। क्रान्तिकारीभित्र उनी कुशल संगठकका रुपमा चिनिन्छन्। उनी पनि हालका अध्यक्ष रञ्जित तामाङकै समूहबाट उपाध्यक्ष निर्वाचित भएका हुन्।

उत्तम अधिकारीः नुवाकोट घर भएका अधिकारीलाई क्रान्तिकारीभित्र वैचारिक नेता मानिन्छ। जनयुद्धमा लागेर चार वर्ष जेल परेका उनले ललितपुर लगायतका जिल्लाको इन्चार्ज भएर काम गरिसकेका छन्।

हाल क्रान्तिकारीका महासचिव रहेका उनी मोहन वैद्य किरणले एमाओवादी छोडेर क्रान्तिकारी–माओवादी गठन गर्दा सँगै गएका थिए। २०७३ सालमा रामबहादुर थापा बादलसँगै अधिकारी पनि माओवादी केन्द्र फर्किएका हुन्।
उनले अनिल शर्मा प्यानलबाट महासचिव जितेका हुन्। निर्वाचन भएको अवस्थामा उनी अहिले पनि बलियो दाबेदार रहेको क्रान्तिकारीका नेताहरु बताउँछन्।

विजय गौतम: अखिल क्रान्तिकारीका सानो उमेरका उपध्य्क्ष गौतम मकवानपुरका हुन्। उनी लामो समयदेखि माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका नारायणकाजी श्रेष्ठ निकट छन्।

उपाध्यक्ष पदमा रहेका हिसावले दीपेश पुन,रविकिरण यादव र इन्द्र भुसाललाई पनि अध्यक्षपदका दावेदार मान्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार