logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

प्रचण्डले आजै मन्त्री फाइनल गर्दै : को को छन सर्ट लिष्टमा हेर्नुस्


  • राजनीति
  • शनिबार, असोज १६ २०७८

आज नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा ३ बजे देखी बैठक बसेको हो ।

बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने जनाइएको छ । बैठकले अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो समेत लगाउने एक माओवादी नेताले जानकारी दिए ।

माओवादी केन्द्रबाट यी हुन् सम्भावित नाम
गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रबाट अब तीन मन्त्री र एक राज्यमन्त्री बन्नेछन् माओवादीबाट देवेन्द्र पौडेल, हरिबोल गजुरेल, सुदन किराती, मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलमध्ये दुई जना र जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्ये एक जना मन्त्री बन्नेछन् ।

एक जना भने राज्यमन्त्री बन्ने सम्भावना छ । माओवादीकातर्फबाट यसअघि जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् । माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो जसको आज फाइनल गर्दैछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार