logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवका ६४ वटा सिम ट्रेस १४ दिन देखी प्रहरीले पत्तो पाएन


  • न्युज डेस्क
  • शुक्रबार, भाद्र १५ २०७५

सरकारको मुख्य चुनौतीका रुपमा रहेको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुलाई धरपकड तथा पक्राउ गरिरहेको सुरक्षा निकायको ध्यान पछिल्लो समय  मुख्य एच क्यु तर्फ मोडिएको बुझिएको छ

विप्लवको खोजीमा प्रहरीको विशेष ब्युरो परिचालन गरिएको उच्च स्रोतले दाबी गरेको छ । प्रहरी स्रोतका अनुसार विप्लवलाई खोज्न भन्दै प्रहरीको जम्बो टोली केही दिनअघि उपत्यकाको नजिकैको सिन्धुपाल्चोक क्षेत्रको जंगलमा पुगेको तर केहि फेला नपारेको बताइएको छ । प्रहरीको गोप्य रिपोर्ट फेल भएपछि उनलाई पक्राउ गर्ने योजना भने विफल भएको उच्च स्रोतको दाबी छ ।

गृह मन्त्रालयले नेकपाका शिर्ष नेताहरुलाई पक्राउ गर्न छुट्टै बजेटकै व्यवस्था गरेको छ । शान्ति सुरक्षा शिर्षकमा ३८ करोड रुपैयाँ बजेट छुट्याइएको उच्च स्रोतको दाबी छ ।

केही समय अगाडी राप्तीमा भएको केन्द्रीय समिति बैठकमा विप्लवलाई पक्राउ गर्ने प्रयास गरेपनि पार्टी कार्यकर्ता र युवाहरुको सहयोगमा उनले घेराबन्दी तोड्न सफल भएका थिए ।

विप्लवले ६४ वटासम्म सिम फेरेको समेत सुरक्षा निकायको रिपोर्ट छ ।

नेकपाको एक स्रोत अनुसार ‘उहाँ बलिदान दिन परेपनि देश भित्रै बलिदान दिने तयारीमा हुनुहुन्छ । तर, कुनै वैदेशिक शक्तिको सामु नझूक्ने र भारत लगायत देशमा छिपेर नबस्ने उहाँको बचन छ,’ शिर्ष नेताले भने,‘हामीले निर्णय नै गरेर भारत लगायत अन्य देशमा नजाने भएका छौँ ।’

सुरक्षा निकायले विप्लवलाई पक्राउ गर्नका लागि विशेष अभियान नै चलाएको उच्च स्रोतको दाबी छ ।

‘उहाँ हाम्रो सम्पर्कमा नआएको १४ दिन जति भयो । उहाँलाई चौतर्फी घेराबन्दी छ,’ एक पारिवारिक सदस्यले भने,‘फरक राजनीतिक आस्था राखेकै आधारमा यो सम्मको अन्याय हाम्रो परिवारमाथि गरिएको छ । यसको जवाफ समयले दिनेछ ।’

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार