logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

क्रान्तिकारी माओवादी अध्यक्ष माेहन वैद्य ‘किरण’ अस्पताल भर्ना


  • राजनीति
  • आइतबार, असोज ३१ २०७८

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दम बढेपछि वैद्यलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ‘उहाँलाई घरमै अक्सिजन दिएर उपचार गरिँदै आएको थियो । दम बढेपछि अस्पताल भर्ना गरिएको हो,’ परिवारका एक सदस्यले भने, ‘उहाँको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।’नर्भिक अस्पताल स्रोतले वैद्यलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार