logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आकस्मिक मन्त्रिपरिषद बैठक


  • राजनीति
  • बुधबार, कार्तिक ३ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । लगातारको वर्षा पछिको बाढी पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएपछि देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे बस्न लागेको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ ।

बैठकमा बाढीपहिरोले देशभर पुर्याएको क्षतिका विषयमा केन्द्रित भई छलफल हुने बुझिएको छ । पीडितलाई उद्धार, राहत र पुनःस्थापना लगायतका विषय सरकारले विशेष निर्णय गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार