logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

शिर्ष तिने नेता आकस्मिक बालुवाटार


  • राजनीति
  • बुधबार, कार्तिक ३ २०७८

देश पुरै बेमौसमी बाढीपहिरोबाट प्रताडित भएको बेला गठबन्धन दलका मुख्य तीन नेता आकस्मिक बालुवाटारमा बैठकमा जुटेका छन् । झाडा पखाला र ज्वरोले थलिनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज अपरान्ह भेटवार्ता भएको छ । नेपाल निवास कोटेश्वरमा पौने ४ बजदेखि सवा ४ बजेसम्म भेट भएको हो ।

कोटेश्वरको भेटवार्तापछि उहाँहरु दुबै जना बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ । क्याबिनेट बैठक सकिएलगत्तै बालुवाटारमा भर्खरैबाट शुरु भएको तीन जना नेताबीचको भेटलाई निकै चासोका साथ हेरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार