logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

जनमुक्ति सेनाका कमाण्डर पाँच बर्षका पक्का मुख्यमन्त्री


  • राजनीति
  • शनिबार, कार्तिक १३ २०७८

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा मुख्यमन्त्री नछाड्ने भएको छ । महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीमा राजीनामा नदिने भएपछि वेटिङ मुख्यमन्त्री मानिएका नेपाली काँग्रेसका जीवनबहादुर शाहीलाई धक्का लागेको हो ।

संघिय सरकार बने पश्यात राजनीति उतारचढावका बिच सात वटा प्रदेश मध्य कर्णाली प्रदेश ५ बर्षे कार्यकालमा मुख्यामन्त्री नबदल्ने एकमात्र स्थायी प्रदेश बन्ने निश्चित भएको छ। संघिय राजधानिकाे सेराेफेरामा रहेकाे बाग्मती प्रदेशले ३ जना मुख्यमन्त्री बदलिसक्दा अन्य प्रदेश सबैले दाेस्राे मुख्यमन्त्री पाएका छन् । कर्णाली प्रदेशमा मुख्यमन्त्री मा सबैभन्दा पहिले बिवाद देखिएकाे थ्याे आफ्नै पार्टीका सांसदले मुख्यमन्त्री महेन्द्र बहादुर शाही बिरुद्ध खुलेरै एमालेकाे पक्षमा लागे तर अन्तरविराेधकाे कुशल व्यवस्था गरेका शाहीले पछिल्लो केन्द्रमा गठबन्धन बन्न पहिला प्रदेशमा एमाले मै फुट ल्यायर आफ्नाे सरकारलाई शुनिश्चित गराएका शाहीले अहिले भने केन्द्र काे गठबन्धनकाे सहमति अनुसार उनलाई मुख्यमन्त्री कायम गर्ने निश्चित छ । बिस्वस्त स्रोतका अनुसार कर्णालीको साटो माओवादी सुदूरपश्चिममा मुख्यमन्त्री छाड्न तयार देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहक्षेत्र समेत भएकाले त्यहाँ त्रीलोचन भट्टलाई राजीनामा गराएर काँग्रेस सांसदलाई मुख्यमन्त्री बनाउने पहल सुरु भएको छ ।

शाहीलाई मुख्यमन्त्रीबाट रोक्न खोजिएपछि काँग्रेसको राजनीतिमा तरंग आउने देखिएको छ । उनी कर्णालीमा बलियो पकड भएका नेता हुन् । देउवानिकट शाहीले हुम्लामा चीनसँगको सीमा समस्याबारे कुरा उठाएका थिए । यसले उनलाई चर्चामा पुर्याएको थियो । शाही पूर्व पर्यटनमन्त्री पनि हुन् ।

महेन्द्रबहादुर शाही अर्को चुनावसम्म मुख्यमन्त्री रहने सम्भावना बढेर गएको छ । कर्णालीमा माओवादीले प्रभाव बलियो बनाएर आगामी चुनावमा सफलता हासिल गर्ने रणनीति समेत बनाएको छ ।

यसअघि शाहीले विश्वासको मत लिंदा काँग्रेस र माओवादीबीच आधा आधा कार्यकाल मुख्यमन्त्री रहने भद्र सहमति बनेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार