राजनीति
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड बाबुराम जस्तै आफुले जनतालाई कुनै हालतमा धाेका नदिने प्रतिबद्धता जनाएका छन् । जनताबाट टाढा जाँदा माओवादी आन्दोलनमा बिचलन आएको टिप्पणी गरेका छन् ।
विप्लव नेतृत्वको नेकपा निकट युवक संगठन नेपालको चौथो रास्ट्रिय सम्मेलनलाई शुक्रबार दाङको घोराहीमा उद्घाटन गर्दै प्रचण्ड, बादल र बाबुरामले मुक्तिको सपना भरिदिँदा जनयुद्धमा हाम फालेको स्मरण गरे ।
महासचिव विप्लवले आफ्नाे पार्टीलाई हिंसाप्रेमि भनेर लगाएकाे आराेप निधारधार भएको टिप्पणी गरे र उनले भने जनताकाे पक्षमा आवाज उठाउदा राज्य हतियार उठाउछ भने मुक्का हान्ने कुरा आएन् प्रतिबादका लागि हतियार उठ्छ हिंसाप्रेमि राज्य र शासक हुन हामी हाेइनाै ।
विप्लवले बर्तमान समयमा प्रचण्डले भनेजस्तो एकता सम्भव नरहेकाे स्पष्ट पारे उनले भने प्रचण्ड जीसंग एकता गर्ने हाे भने संसदीय व्यवस्था फाल्न तयार हुनुस् जनताकाे मुद्दा उठाउनुस् समाजवादी व्यवस्थामा जाउ त्याे फाेम छाेडेर आउनुस हैन भने यहि ब्यवस्थामा चुनाव मन्त्री नियुक्त खायर सिद्दिन हामी एकता गर्देनाै त्याे सम्भावना नै छैन ।
उनले सपनाबाट बिचलन हुँदा जनताकोबीचबाट माओबादी आन्दोलन कमजोर बनेको उल्लेख गरे । पूर्व माओवादी मात्र नभएर समग्र कम्युनिष्ट विचारधाराहरुको ध्रुविकरण जरुरी भएको उनले बताए ।
फरक प्रसङ्गमा उनले प्रधानन्यायधीश चोलेन्द्र शमसेर राणाको आँगनमा कुटाकुटले मुलुक असफल भइसकेको बताए । उनले कुनैदिन न्यायाधीशबिच नै कुटाकुट भएको खबर सुन्नुपर्ने अवस्था आएमा कुनै आश्चर्य नमान्ने बताए ।