logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

रामलाल बिश्वकर्मालाइ अध्यक्ष निर्वाचित गर्दै सकियाे दलित माेर्चाकाे सम्मेलन, हेर्नुस् नामसहित


  • राजनीति
  • मंगलबार, कार्तिक ३० २०७८

विप्लव नेतृत्वको नेकपा निकट (तत्कालिन दलित) श्रमिक समुदाय माेर्चा नेपालकाे पाचौं राष्ट्रिय सम्मेलन धनगढीमा सम्पन्न भएको छ ।

२७ गते भब्य जनसभाबिच महासचिव विप्लवले सम्मेलनकाे उद्घाटन गरेका थिए । सम्मेलनले दलित शब्दलाई छाेड्दै श्रमिक नामाकरण गरेकाे छ ।

उक्त सम्मेलनले रामलाल बिश्वर्कमाकाे नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन गरेकाे छ । वर्णव्यवस्था उन्मूलन, दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद प्राप्तिको लक्ष राख्दै श्रमिक समुदाय मोर्चा, नेपाल नामाकरण गरेकाे हाे ।

संगठनको पाँचौं रास्ट्रिय सम्मेलनबाट
अध्यक्ष – रामलाल बिश्वकर्मा (दैलेख)
उपाध्यक्ष – जितेन्द्र महरा (मोरङ)
महासचिव – त्रिलोचन बिश्वकर्मा (भोजपुर) कोषाध्यक्ष – जानकी बराह (रुपन्देही)
सचिव – उमेश सिके (कास्की) दोश्रो सचिव – रामकुमार पासवान (सिराहा ) सहित ६१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै भव्य रूपमा सम्पन्न भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार