राजनीति
नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी दिएका छन् । त्यसको लागि रावलले आज दिउँसो ३ बजे रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उम्मेद्धवारी घोषणा गरेका हुन् ।
एमालेको दशौं महाधिवेशन यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ। एमाले बनाउन आफुले अथक मेहन गरेकाे र अब पनि बाकि जीवन एमाले भयर बिताउने प्रतिबद्धता जायर गरे ।
पार्टी केन्द्रीय कार्यालयले महाधिवेशन प्रतिनिधिहरुको डिजिटल आईडी तयार पारिसकेको छ । रावल पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट छन् । १० बुँदे सहमति कार्यान्वयनमा ओलीले राम्रो भूमिका नखेलेको उनको गुनासो रहँदै आएको छ। भीम रावल लामो समयदेखि माधव नेपालको साथमा उभिँदै आएका थिए । तर, नेपालले पार्टी विभाजन गर्ने बेलामा भने उनी साथ छोडेर एमालेमै रहेका थिए ।