logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ओली र असन्तुष्ट १० नेताबिच छलफल, रावललाई जिम्मेवारी दिने सहमति


  • राजनीति
  • आइतबार, मंसिर १२ २०७८

एमालेभित्र सहमतिमार्फत १० औँ महाधिवेशनको टुङ्गो लगाउने कि निर्वाचनमार्फत भन्नेमा अन्योल कायमै रहेका बेला १० बुँदे पक्षधर दुई नेताले आइतबार बिहान अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । 

सौराहास्थित ओली बसेकै होटलमा गएर शाक्य र ज्ञवालीले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका भीम रावलसमेतलाई मिलाएर सहमतिमै नेतृत्व चयन गर्न ओलीलाई आग्रह गरेका हुन् ।  सो क्रममा उनीहरूले रावलसँग वार्ता गर्न पनि ओलीलाई सुझाएका छन् । जवाफमा ओलीले आफू सबैलाई मिलाएर लैजान तयार रहेको बताउनुका साथै रावलसँग वार्ता गर्ने आश्वासन पनि दिएका थिए । 

यद्यपि रावललाई कसरी मिलाउने भन्नेमा भने सहमति हुन सकेको छैन । त्यसका लागि थप छलफल हुने बताइएको छ । हिजो बेलुका शाक्य र ज्ञवालीसँगै सुरेन्द्र पाण्डे र  गोकर्ण विष्टले पनि ओलीलाई भेटेर सहमतिका लागि दबाब दिएका थिए । 

उनीहरूले निर्वाचनमा जाँदा एकताको सन्देश नजाने भन्दै ओलीलाई मिलाउन आग्रह गरेका थिए ।  एक स्थायी कमिटी सदस्यले अहिले पनि नेताहरूबीच सहमतिका लागि आन्तरिक दौडधुप भएकाले बन्दसत्र पर धकेलिएको छ । सहमति जुटेपछि छोटो बन्दसत्र चलाउने नेता शेरबहादुर तामाङले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार