राजनीति
नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली दोहोरिएका छन् । उनले प्रतिष्पर्धी भीम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।
आज बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले उनका प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै निर्वाचित बनेका हुन् ।
ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए ।
केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले भने, ‘भारी मतान्तरले केपी शर्मा ओली विजयी हुनुभएको छ । अब केही बेरमा सम्पूर्ण नतिजा प्रकाशित गर्छौँ ।’ आयोगले औपचारिक मत परिणाम भने अझै घोषणा गरेकाे छ । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधि मत रेकर्ड भएको थियो ।
उनले खसेको २ हजार ९६ मतमध्ये ९० प्रतिशत मत कटाएका छन् । यसको औपचारिक घोषणा का लागि कार्यक्रम स्थलबाटै पत्रकार सम्मेलन गरिएको छ ।