logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

उपाध्यक्षमा अष्टलक्ष्मीलाई सर्वाधिक मत, भूसाल पराजित हेर्नुस् कस्काे कति भाेट ?


  • राजनीति
  • मंगलबार, मंसिर १४ २०७८

एमालेको १०औं महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत ल्याएर विजयी भएकी छन् । उनले १९७६ मत प्राप्त गरिन् । उपाध्यक्षमा घनश्याम भूसाल पराजित भएका छन् । उनले ७२५ मत ल्याए ।

६ उपाध्यक्षमा ७ जनाले उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो । यस्तै, उपाध्यक्षमा विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत ल्याउँदै विजयी भएका छन् ।
औपचारिक घोषणा बाँकी हुन छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार