logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रकाण्ड प्रकरण : सर्वोच्चको चासो “कानुनको पालना गर्ने निकायबाटै अदालतको अपहेलना”


  • राजनीति
  • मंगलबार, भाद्र १९ २०७५

काठमाडौं-नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई  सर्वोच्च अदालतले थुनामुक्त गर्न दिएको वन्दी प्रत्यक्षीकरण आदेशको पटक पटक उल्लंघन भएको ठहर गरेको छ ।

साथै उसले कानुन कार्यान्वयन गर्ने निकायबाट आदेशलाई असम्मान गरेकोमा गम्भीर सरोकार व्यक्त गरेको छ ।

हाल नुवाकोटमा थुनामा रहेका प्रकाण्डलाई जिल्ला न्यायाधीशको रोहबरमा छाड्न न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले आदेश दिएको छ ।

प्रहरीले यसअघि सर्वोच्चले दुई पटक थुनामुक्त गर्न आदेश दिएलगत्तै पक्राउ गरेको थियो । गैरकानुनी थुनाबाट मुक्त गर्ने आदेश दिँदादिँदै त्यसलाई उल्लंघन गरेर पुनः पक्राउ गरेको भन्दै सर्वोच्चले प्रकाण्डलाई थुनामुक्त गर्न भनेको छ ।

आदेशमा भनिएको छ, ‘यसरी अदालतको आदेशको सम्मान र कार्यान्वयन गर्नुपर्ने कानुनी दायित्व भएका निकायहरबाट बारबार बन्दी प्रत्यक्षीकरण सम्बन्धीमा भएको आदेशको आदेशलाई असम्मान गरेकोमा अदालतको गम्भीर सरोकार छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार