logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

देश बेचुवा देउवालाई भन्दा मुकुन्दलाई भाेट हाल्दा पुन्य : गच्छदार


  • राजनीति
  • आइतबार, मंसिर २६ २०७८

नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनको आज तेस्रो दिन हो । आज दिउँसो १२ बजेसम्म उमेदवारी फिर्ता लिने कार्यक्रम छ । भोलि बिहान ८ बजेबाट मतदान हुनेछ ।

हिजो बिहानसम्म विभिन्न समूह र गुटमा रहेका काँग्रेसी नेताहरु साँझ ५ बज्दा नबज्दै गुट र उपगुटबाट तितरबितर भएका थिए । अहिले त्यहि तितरबितरको अवसरलाई आफ्नो पक्षमा पार्न नेताहरुको ट्वीटर, फेसबुकलगायतका सामाजिक सञ्जालको दुरुपयोग हुन थालेको हो ।

संस्थापन पक्षबाट पार्टी उपसभापति पदमा उमेदवारी दिएका निवर्तमान उपसभापति विजयकुमार गच्छदारको फेक टुईटर मार्फत् पार्टी सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवालाई तथानाम गाली गरिएको छ ।

गच्छदारको नक्कली टुईटरमा लेखिएको छ, ‘रामचन्द्र पौडेललाई म उच्च सम्मान गर्छु । उनी पद प्रतिष्ठा लालच लोभमा अड्किएर बसेको मैले कैले देखिँन । रह्यो कुरा देउवाको देउवा : जस्तो पदको लालची, स्पष्ट नबोल्ने, भ्रष्ट र देश बेचुवालाई भोट हाल्नुभन्दा बरु मुकुन्देलाई भोट हाल्दा पुण्य कमाइन्छ ।’

आजबाट शुरु भएको फेक प्रचारबारे काँग्रेसकै एक जना नेताले सभापति देउवालाई हराउन अर्को पक्षले सुनियोजित ढंगले उक्त हर्कत गरेको बताए । उनका अनुसार महाधिवेशनमा सभापति देउवा र उपसभापति गच्छदारले एउटै प्यानलबाट उम्मेदवारी दिनुभएको छ । उहाँ (देउवा) लाई हराउन सकिन्छ कि भनेर यस्तो गरिएको हुनसक्ने ती नेताको बुझाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार