logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

जेल र यातनाले गलाउन नसकेको मेरो आस्था प्रती सदैव प्रतिवद्ध छु : यादव


  • राजनीति
  • सोमबार, मंसिर २७ २०७८

प्रगतिशिल मोर्चा नेपालका संयोजक सुजन यादवले एक प्रेस वक्तव्य जारी गर्दै प्रगतिशील मोर्चा नेपालले अब महान जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनको रक्षा गर्दै वैज्ञानिक समाजवादका लागि संघर्ष गर्ने उद्धघोष गरेकाछन । उनले आफू वर्गिय मुक्तिकालागी सदैब डटिरहने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

प्रगतिशील मोर्चा नेपालको तर्फबाट जारि गरिएको वक्तव्यमा संयोजक यादवले आफू अरु कुनै पनि अन्य दलमा प्रवेश नगरेको र प्रवेश गर्‍यो भनेर पत्रपत्रिकामा आएको कुरा हल्ला र निराधार भएको प्रष्ट पारेकाछन ।
यावदवले जेल नेलले गलाउन नसकेको आफ्नो आस्था र विचारलाइ कुनैपनि स्वार्थ वा प्रलोभनले प्रभावित पार्न नसक्ने भन्दै कुनैपनी मुल्यमा मालेमा नछोड्ने प्रण समेत गरेकाहुन ।
उनले आफ्नो स्कुल भनेको मालेमावादी स्कुल भएको भन्दै मालेमाको स्कुलले मात्रै राष्ट्रिय मुक्ती आन्दोलन र सर्वहारा वर्गिय मुक्ती आन्दोलनको नेतृत्व गर्ने दावी गरेकाछन । वक्तव्यमा संयोजक यादवले आफ्नो आदर्श मालेमावादी स्कुल र वर्ग रहेको प्रती प्रष्ट पारेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार