logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपा सहितका ६ दलद्धारा एमसिसीको कार्यलय घेराउ


  • राजनीति
  • सोमबार, मंसिर २७ २०७८

नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी) सहितका ६ दलले एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन् ।

कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले नेपालका लागि एमसीसी खतरनाक भएकोले खारेज हुनुपर्ने बताए ।

उनले भारतमा बजार बिस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको आरोप समेत लगाए ।

उनले एमसीसी पास भएमा नेपाली सेना, पुलिस, कर्मचारीहरु एक अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने बाध्यता सिर्जना हुने दावी समेत गरे । नेता बास्तोलाले अमेरिकाको गुलाम भएर नबस्नका लागि जनता सडकमा उर्लिनु पर्ने बेला भएको पनि बताए ।

नेता बास्तोलाले नेपाली जनतालाई कंगाल बनाउन, नेपाललाई लुट्नका लागि एमसीसी आइरहेकोले यसलाई खारेज गर्नुपर्ने बताए ।

घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेर्स्याइएकाे तरवार भएको बताए ।

उनले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौंता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । नेता गजुरेलले एमसीसीको विरोधमा भोली (मंगलबार) संसद भवन घेराऊ गर्ने घोषणा पनि गरे ।

नेता गजुरेलले भने – एमसीसी भनेको एउटा धारिलो तरवार हो । हामी वारीपारी भएर हिँडिरहेका छौँ । तरवार हल्लिरहेको छ । अलिकति सावधानी भएन भने गर्धन काटिन्छ । त्यसकारण एमसीसी संसोधन होइन खारेज गरिनुपर्छ । एक, दुई, तीन खारेज हुनुपर्छ । खारेज नहुँदासम्म हाम्रो संघर्ष जारी रहनेछ ।
सोमबार एमसीए, नेपालको कार्यालय दरबारमार्गमा नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी) सहितका विभिन्न राजनीतिक दलहरुले कार्यालय घेराउ गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार