राजनीति
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तगर्त सभापतिको लागि भइरहेको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै गरेका छन् ।
राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ३१७७ मत गणना भएको छ, जसमा देउवाले १५०० मत कटाएका छन् ।
उनले १५०७ मत पाउँदा अर्का उम्मेदवार शेखर कोइरालाले ११६४ मत पाएका छन् । प्रकाशमान सिंहले २५६ र विमलेन्द्र निधिले १९० मत पाउँदा कल्याण गुरुङले १६ मत पाएका छन् ।