राजनीति
विवादास्पद अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शनमा भएको प्रहरी हस्तक्षेप बिरुद्ध नेकपा लगायतका राजनीतिक पार्टीले विराेध गरेका छन् ।
प्रदर्शन सकिए लगत्तै नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लव, नेकपा क्रान्तिकारी माओवादीका महासचिव माेहन वैद्य, नेकपा मसालका माेहन बिक्रम सिंह, नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपाका अध्यक्ष ऋषि कट्टेल,वैज्ञानिक समाजवादी पार्टीका संयाेजक आहुती, देशभक्त गणतन्त्रिक माेर्चाका संयाेजक सिपी गजुरेल र राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्र बहादुर केसीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकालाइ तत्काल एमसिसी फिर्ता लिन चेतावनी दिएका छन् ।
संयुक्त विज्ञप्तिमा भनिएको छ राष्ट्रपति जाे बाइडनले एमसिसी तत्कालै फिर्ता नलिए गंभिर अवस्था आउन सक्छ ।
यस्तै विप्लव नेतृत्वको नेकपा सहितका २२ राजनीतिक दलले संसद घेराउ कार्यक्रम गरेका हुन् । नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले व्यापक दमन गरेकोे छ । प्रहरीले प्रदर्शनीकारीमा अन्धाधुन्ध लाठीचार्ज गरेको छ ।प्रहरी दमनका बाबजुद प्रदर्शनकारीले एमसीसीविरुद्ब नाराबाजी गरेका छन् ।
दलालहरुले संसदभित्र राष्ट्रघाती एमसीसी पारित गर्ने षडयन्त्र गरिरहदा त्यसका बिरुद्ध क्रान्तिकारी, देशभक्तहरुले यतिबेला तीनतिरबाट संसद भवन घेर्दै प्रदर्शन गरेका थिए । तीनतिरैबाट भएका प्रदर्शनलाइ प्रहरीले रोक्ने प्रयास गरेको थियोे ।