राजनीति
नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन् ।
कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका हुन । निर्वाचन समितिका अनुसार थापाले ३,०२३ र विश्वप्रकाश शर्माले १,९८४ मत पाएर निर्वाचित भएका हुन् ।
महामन्त्री पदका अरु उम्मेदवारमा डा. प्रकाशशरण महतले १,५५०, प्रदीप पौडेलले १,४०९, डा. मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत पाए । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।
गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।
१३औं महाधिवेशनमा पनि थापा महामन्त्रीका उम्मेदवार थिए । उनी कृष्णप्रसाद सिटौलाको प्यानलबाट उम्मेदवार बनेर पराजित भएका थिए । यसपटक थापा शेखर कोइरालाको प्यानलबाट उठेका थिए ।