logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

राजनीतिबाट बिदा लिने रक्षामन्त्री रिजालकाे घाेषणा


  • राजनीति
  • बिहिबार, पुष १ २०७८

रक्षामन्त्री पदबाट राजीनामा दिएका कांग्रेस नेता डा. मीनेन्द्र रिजालले आफू राजनीतिमै नरहने निष्कर्षमा नपुगेको बताएका छन् । राजीनामा निर्णय आफूले भावावेशमा नगरेको उनको भनाइ छ । उनले आफू राजनीतिबाट टाढा रहनसक्ने बताएका छन् ।

राजीनामापछि आयोजना गरिएको पत्रकार सम्मेलनमा रिजाललाई पत्रकारले सोधेका थिए, ‘कतै राजनीतिबाटै अलग हुने संकेत गर्न खोज्नुभएको त होइन ?’

डा. रिजालले जवाफ दिए, ‘मैले त्यस्तो संकेत गरेको होइन । तर, सम्भावना छँदैछैन भन्दिनँ ।’

अब के गर्ने भन्ने विषयमा गम्भीर रुपमा सोच्ने रिजालले बताए।

‘म सावर्जजनिक जीवनमा नै हुनेछु । तर, राजनीतिभित्र हुन्छु वा बाहिर हुन्छु भन्ने थाहा छैन । जहाँ भए पनि तपाईंहरुसँग भेटघाट हुन्छ,’ उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार