logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

सकियाे देउवा प्रचण्ड भेट, यस्तो भयाे सहमति


  • राजनीति
  • शुक्रबार, पुष २ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बिहानै बालुवाटार पुग्नु भएको हो । उहाँले हालै सभापतिमा निर्वाचित भएका देउवालाई बधाई तथा शुभकामना दिएका छन ।

दुई नेताबीच वर्तमान राजनीतिक परिस्थिति, गठबन्धनको आगामी रणनीतिबारे छलफल भएको बताइएको छ । त्यस्तै, संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार