राजनीति
प्रधानमन्त्री निवास बालुवाटारमा ५ दलिय सत्ता गठबन्धनकाे बैठक सुरु भएको छ । बैठकका लागि प्रधानमन्त्री देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरु बालुवाटार पुगिसकेका छन् । शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएपछि उक्त बैठक हुन लागेकाे बुझिएको छ ।
एमालेले सदनमा गर्दै आएको अवरोध खुलाउन र एमसीसीबारे छलफल गर्न आज अपराह्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका थिए । तर बैठकमा एमाले सहभागी नहुने सो पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
यसअघि २८ जेठमा सभामुखले र १४ असोजमा प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिए । ती बैठकमा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी भएकाले एमाले नेताहरुले बैठक बहिस्कार गरेका थिए ।
एमाले विभाजन गर्न सभामुखले सहयोगी भूमिका खेलेको भन्दै एमाले संसदको नियमित कारबाही प्रक्रियामा सामेल भएको छैन । वर्षे अधिवेशनभर र हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि एमालेले विरोध जनाएको थियो । हिउँदे अधिवेशनको दोस्रो बैठक पुस ६ गते दिउँसो १ बजे बस्दै छ ।