logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गठबन्धनकै सहमतिबिना एमसिसी संसदमा पेश गर्ने देउवाकाे तयारी !


  • राजनीति
  • सोमबार, पुष ५ २०७८

sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]kfnL sFfu|];sf ;efklt z]/axfb'/ b]pjf . t:jL/ M /f]zg ;fksf]6f, /f;;

बहु बिवादित अमेरिकी सहयोग परियोजना, मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धनमा मतभेद बढेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापतिक शेरबहादुर देउवा आजभोलि नै एमसीसी संसदबाट अनुमोदन गराउन चाहन्छन् भने दुई वाम घटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी यसको विपक्षमा छन् ।

पार्टीको १४औं महाधिवेशनबाट पुनः सभापतिमा चुनिएका प्रधानमन्त्री देउवाले आइतबार पहिले सत्तारुढ गठबन्धन र त्यसपछि सर्वदलीय बैठक बोलाएका थिए । सत्तारुढ दलहरुको बैठकको सुरुमै प्रधानमन्त्री देउवाले एमसीसीका लागि बैठक बोलाएको भन्दै तुरुन्तै अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

सत्तारुढ दलहरुको बैठक लगतै सर्वदलीय बैठक बस्यो, जसमा प्रमुख प्रतिपक्षी नेकपा एमाले अनुपस्थित रहृयो ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले एमसीसी सम्झौता खारेज गर्नुपर्ने मत राखेका थिए । राष्टिय जनमोर्चाका प्रतिनिधिले पनि टेबल गर्न पनि नहुने र पास गर्न पनि नहुने मत राखेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले एमसीसी पास गर्न समर्थन गर्न नसक्ने बताए ।

जनता समाजवादी पार्टीका नेताहरु भने विभाजित रुपमा प्रस्तुत भएका थिए भने माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले एमसीसी सम्झौतामा प्रश्न उठेकाले तथ्यगत छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने बताएका छन् ।

बैठकको अन्तिममा सञ्चारमन्त्री कार्कीले प्रधानमन्त्रीले उदारता देखाएर सर्वदलीय बैठक बोलाएको भन्दै अब संसदबाट छिनोफोनो गर्ने बताएका छन् । उनले जे निर्णय गरेपनि संसदमा हुन्छ भनेपछि सत्तारुढ दलका नेताहरुले केहीबेर अघि भएको समझदारी विपरित बोलेको भन्दै असन्तुष्टि जनाए । आफूहरु पनि सरकारमा रहेको भन्दै उनीहरुले कार्कीको धारणा सरकारको आधिकारिक हो भनेर प्रश्न गरेका थिए ।

प्रधानमन्त्री देउवाले छलफल गरौंला भनेर टारिदिएका छन् । सत्तारुढ दलका एक नेता भन्छन्, प्रधानमन्त्री र कांग्रेस जसरी पनि एमसीसी संसदमा टेबल गर्ने मुडमा देखिन्छ ।’

बैठकपछि सरकारका प्रवक्ता मन्त्री कार्कीले केही राजनीतिक दलले एमसीसी सम्झौताप्रति आशंका व्यक्त गरेकाले सबै विषयमा छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्ने बताए । ‘एमसीसीको बारेमा कसरी अगाडि बढाउने भन्ने बारेमा सबै दलले आ-आफ्नो विचार राख्नुभएको छ । कसैले आशंका व्यक्त गर्नुभएको छ । ती सबै कुरामा फेरि छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्छ’ उनले भने ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार