logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

जनमतसंग्रह नभए बिद्रोहकाे राँकाे बल्छाै : नेता शर्मा


  • राजनीति
  • सोमबार, पुष ५ २०७८

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य अनिल शर्माले संसदिय व्यवस्था पुर्णतः असफल भएकाले संसदीय व्यवस्था र बैज्ञानिक समाजवाद बारे जनतासंग जानू पर्ने बताएका छन् । जनकपुरमा आयाेजित एक कार्यक्रममा बाेल्दै नेता शर्माले प्रगतिशील संयुक्त सरकार गठन गरी त्यसको नेतृत्वमा संसदीय पुँजीवादी व्यवस्था वा वैज्ञानिक समाजवादी व्यवस्था मध्य एउटा रोज्न जनतालाई जनमतसङ्ग्रहको अधिकार दिनुपर्ने अन्यथा देशमा विद्रोहको राँको बल्ने चुनौती आउने दाबी गरेका छन् ।

नेपाल राष्ट्रिय वुद्धिजीवी सङ्गठनको आयोजनामा २ नम्बर प्रदेशको राजधानी जनकपुर धामस्थित नेपाल बार एशोसियसन जिल्ला शाखा धनुषाको सभा कक्षमा शनिबार भएको राजनीतिक समस्याकाे समाधान संसदीय पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ? विषयक विचार गाेष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै शर्माले सो कुरा बताएका हुन् ।

कार्यक्रममा वरिष्ट पत्रकार तथा लेखक रामरिझन यादवले कार्यपत्रमा टिप्पणी गर्दै डन प्रवृति राजनीतिमा हावी भएकोले क्रान्तिकारी आन्दोलन आवश्यक भएको बताए । त्यसैगरि बरिष्ट संस्कृति कर्मि तथा लेखक रोशन जनकपुरीले शान्तिपूर्ण ढङ्गले समाजवाद नआउने दाबी गर्दै वर्गसङ्घर्ष कमजोर भएकोमा चिन्ता व्यक्त गरे । त्यस्तै बरिष्ठ बुद्धिजीवीहरू रामगोबिन्द यादव र विष्णुकुँवरले पनि टिप्पणी गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि अनिल शर्मा रहेको सो कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा धनुषा/महोत्तरी इन्चार्ज त्रिलोक र सप्तरी/सिरहा इन्चार्ज बलवान, विधार्थी नेता प्रभात भट्टराई, महिला नेतृ रेखा चौहान, धनुषा सेक्रेटरी सन्तोष मण्डल, नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका केन्द्रीय उपाध्यक्ष प्रकाश बस्नेतलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता चित्रवहादुर कटुवाल र सञ्चालन विशाल भट्टराईले गरेका बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार