राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित आठ दल/मोर्चाले आज दिउँसो एक बजे संसद् भवन घेराउका लागि माइतीघरबाट बृहत् जुलुस संसद भवन नयाँ बानेश्वर तिर लागेकाे छ । जुलुसकाे नेतृत्व नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला लगायतका नेताहरुले गरिरहेका छन् । देउवा नेतृत्वको गठबन्धन सरकारले षड्यन्त्रपूर्वक संसद्बाट राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न लागेपछि नेकपासहित आठ दल र मोर्चाले नयाँबानेश्वरस्थित संसद् भवन घेराउ गर्न लगेका हुन् ।
आज अपराह्न १२ बजे आठ दलका नेता, कार्यकर्ता, देशभक्त शक्ति र क्रान्तिकारी जनसमुदाय माइतीघरमण्डलामा भेला भएका छन् र एमसीसी सम्झौताविरुद्ध नाराबाजी गर्दै हजारौँको जुलुस लिएर संसद् भवन घेराउ गर्न नयाँबानेश्वरतिर जुलुस अगाडि बढ्ने तयारी भएको बुझिएकाे छ । घेराउका क्रममा आन्दोलनमा उत्रिएका दलहरूका विभिन्न नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
आन्दोलनकारी दलले यसअघि मङ्सिर २८ गते पनि एमसीसीविरुद्ध संसद् भवन घेराउ गरेका थिए । घेराउ कार्यक्रममाथि दमन गर्दै सरकारले नेकपाका प्रवक्ता प्रकाण्डलगायत कयौँ प्रदर्शनकारीलाई घाइते बनाउनुका साथै असीजनाको हाराहारीमा नेता–कार्यकर्तालाई गिरफ्तार गरेको थियो । राजनीतिक दलहरूको सङ्घर्षका कारण २८ गते सरकारले उक्त सम्झौता पारित गर्न सकेको थिएन ।
पुस ६ गते अर्थात् आज संसद् भवन घेराउसहितको सङ्घर्ष घोषणा गर्दै आठ दल/मोर्चाले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध देशभर सशक्त आन्दोलन गर्ने निर्णय गरी विज्ञप्ति जारी गरेका थिए । आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ८ पार्टीले भनेका थिए, ‘गत मङ्सिर २८ गते नै संसद्बाट पारित गराउने देउवा सरकारको योजना जनताको सङ्घर्षको तागतले असफल भएको थियाे ।
यता देउवा सरकार उक्त विवादास्पद एमसिसी परियाेजना जसरी पनि संसदमा टेवुल गरेर पारित गर्ने तयारी छ । भने आज पुस ६ गते बोलाइएको संसद् बैठकबाट जुनसुकै अवस्थामा पनि पारित गराई लागू गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार भएकाले त्यसलाई असफल पार्न नेकपा लगायतका ८ दलले सडक संघर्ष चर्काे गरिरहेका छन् ।