logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

फुटकाे डिलमा विवेकशील साझा पार्टी, रविन्द्र बिरुद्ध मिलनकाे आक्रमक एक्सन्


  • राजनीति
  • मंगलबार, पुष ६ २०७८

अध्यक्ष रवीन्द्र मिश्रलाई चुनौती दिँदै विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीको अलग्गै केन्द्रीय समिति घोषणा गरेका छन् । ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ सार्वजनिक गर्दै उनले आज समानान्तर समिति घोषणा गरेका हुन् ।

पाण्डेले घोषणा गरेको कमिटीमा २ सय १ जना सदस्य राखिएको छ । पार्टीको हालको १ सय ३० सदस्यीय केन्द्रीय कमिटीलाई यथावत राख्दै नयाँलाई थप गरिएको पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाण्डेका अनुसार अभियानको मूल कार्यभार वैकल्पिक राजनीतिको लिगेसीलाई निरन्तरता दिने र विवेकशील साझा पार्टीलाई वैचारिक तथा सांगठिनक रूपमा थप सशक्त बनाउनु हुनेछ । अभियान घोषणा भएको मितिले ९० दिनभित्र राष्ट्रिय सम्मेलन र त्यसअघि प्रदेश र जिल्लामा समिति गठन गर्ने बताइएको छ ।

अध्यक्ष मिश्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीसहितको राजनीतिक प्रस्ताव पारित गराएपछि पाण्डे समूह असन्तुष्ट रहँदै आएको थियो । मिश्रले यसअघि नै आफूपक्षीय नेताहरुलाई समावेश गरेर छुट्टै केन्द्रीय कमिटी गठन गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार