logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आज एमसिसी पेश हाेला त ? यस्ता छन् १० कार्यसुची


  • राजनीति
  • बुधबार, पुष ७ २०७८

आज पनि प्रतिनिधिसभाको बैठक बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा केही अध्यादेशहरू स्वीकृतिका पेस गर्नेलगायतका १० कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय), ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ।

अमेरिकी सहयोग परियोजना एमसीसी भने कार्यसूचीमा परेको छैन। बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको जनाएको छ।

मंगलबार पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच दुई वटा अध्यादेश स्वीकृत गरिएको थियो। यस्तै नेकपा एमालेले आफूहरूले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई निष्कासन गरेको सूचना टाँस्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने सर्त अघि सारेको छ। एमालेले आजपनि अवरोध जारी राख्ने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार