logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

यी हुन माओवादी राष्ट्रिय सम्मेलनमा आउने प्रतिनिधि, कहाँबाट कति ? हेर्नुस् बिवरण


  • राजनीति
  • बुधबार, पुष ७ २०७८

सत्तारूढ घटक नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारीलाई तीव्र पारेको छ । राष्ट्रिय सम्मेलनमा ८०३ जना प्रदेश प्रतिनिधिसहित १५३३ जनाको सहभागिता रहने भएको छ । 

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता कृष्णबहादुर महराले  ८०३ जना प्रदेश प्रतिनिधिसहित १५३३ जना प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुने जानकारी दिए ।

जसमा आयोजक पक्षबाट १७९, सल्लाहकार १४९, जेष्ठ कम्युनिष्ट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेशबाट ८०३ जना सहभागी हुनेछन् ।

यस्तै सम्मेलनमा प्रदेश १ बाट ९६, प्रदेश २ बाट १०६, बागमती प्रदेशबाट १२८, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४ जना सहभागी हुनेछन् ।

माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुँदैछ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार