राजनीति
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् अर्थ मन्त्री जनार्दन शर्माले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिले विश्वास गरेमा आफू महासचिवका लागि योग्य रहेको बताएका छन्।
सेताेपाटी सग कुरा गर्दै अर्थमन्त्री शर्माले आफू अहिले संगठन विभागको प्रमुख भएकाले कार्यकारी पदमा काम गर्न खोज्नु स्वाभाविक रहेको बताए। यद्यपि आफूले चाहेरभन्दा पनि पार्टीले चाहेमा मात्रै यो पूरा हुने उनको भनाइ छ।
‘मेरो इच्छा चाहना के छ भन्ने एउटा कुरा हो। म अहिले संगठन विभागको प्रमुख भएकाले अर्को कार्यकारी भूमिका पाए हुन्थ्यो भन्ने मेरो चाहना होला तर मेरो चाहनाले मात्रै निर्धारण गर्दैन,’उनले भने,’यो कार्यकर्ताको, प्रतिनिधिको चाहनाले निर्धारण गर्छ। आउने प्रतिनिधि अनि निर्वाचित केन्द्रीय कमिटीले जहाँ राख्छ म त्यहीँ बस्ने हो। मलाई त संगठनकै जिम्मा दिए हुन्थ्यो भन्ने लाग्छ।’
संगठनको जिम्मेवारी लिन सक्ने आफूजस्तै अन्य नेताहरू पनि भएको भन्दै उनले सबैकुरा आम कार्यकर्ताको निर्णयमा भरपर्ने बताए ।
सम्मेलनकाे चटाराेमा रहेकाे माओवादीमा प्रचण्डकाे बिकल्प छैन भन्ने आम बुझाइ भएपनि उत्तराधिकारी वा अध्यक्ष बाहेक पदाधिकारीमा निकै प्रतिष्पर्धा हुने देखिएकाे छ । अहिले चर्चामा रहेका नेताहरु बर्षमान पुन, जनार्दन शर्मा र कृष्ण बहादुर महराले महासचिवमा दावी गरेका छन् ।
यस्तै नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल, जयपुरी घर्ती हितमान शाक्य ओनसरी घर्ती लगायतका नेताहरुले पदाधिकारीमा दावी गरेका छन् । पुन र महरा राेल्पाका हुन भने शर्मा रुकुमका स्थानीय हुन् ।
जनयुद्धको क्रममा डेपुटी समालेका पुन पुर्व अर्थमन्त्री हुन भने शर्मा हालका अर्थमन्त्री हुन् । यस्तै शालिन स्वभावका महरा राेल्पाका भएपनि हाल उनकाे बसाेबास दाङ रहेकाे छ । जनयुद्धको क्रममा राजनीतिक तथा सांगठनिक माेर्चामा कुशलता पुर्वक जिम्मेवारी समालेका महरा पुर्व सभामुख हुन् । सभामुख पदमै रहदा एक विवादास्पद काण्डबाट पद च्युत भएका थिए ।
यस्तै श्रेष्ठ तत्कालीन मसालबाट माओवादी शान्तिपूर्ण राजनीतिक मा आएपछि प्रवेश गरेका हुन् ।