logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

यी हुन् माओवादी राष्ट्रिय सम्मेलनका लागि थपिएका १४८ प्रतिनिधि


  • राजनीति
  • शुक्रबार, पुष ९ २०७८

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएको छ । यसअघि करिब १५०० प्रतिनिधि सहभागी हुने भनिए पनि अन्तिम समयमा आएर संख्या बढाइएको हो ।

पार्टीकाे आज बसेको स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनमा १६३१ जना सहभागी हुने बताए । १४८३ प्रतिनिधि छनोट भइसकेको उनले बताए । ती प्रतिनिधिको १० प्रतिशत मनोनीत गर्ने पार्टीले निर्णय गरेको छ । मनोनीत गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पाएकाे उनले बताए।

१० प्रतिशत मनोनीत गर्दा १४८ प्रतिनिधि थपिने प्रवक्ता महराले जानकारी दिए । पहिले ५ प्रतिशत मनोनित गर्ने भनिए पनि हाल उक्त प्रतिशत बढाइएको हो ।

स्थायी कमिटी बैठक भोलि पनि बस्ने उनले बताए । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आज बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने दस्तावेज पेस गरेका थिए । सो दस्तावेजमाथि भोलिको बैठकमा छलफल हुने महराले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार