logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्ड पकेटका ७ उपाध्यक्ष कसको रोल नम्बर कति ?


  • राजनीति
  • शनिबार, पुष १० २०७८

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय पदाधिकारी १५ जनाको बनाउने प्रस्ताव गरेका छन् । शुक्रवार बसेको सो पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले बताए । उक्त प्रस्तावमाथि शनिबार बस्ने बैठकमा कुन पदमा कति संख्या भन्नेबारे छलफल गरेर निर्णयमा पुग्ने ती सदस्यको भनाइ छ । 

पार्टीको केन्द्रीय पदाधिकारी संख्या १५ बनाउँदा ठिक होला भन्ने अध्यक्षको प्रस्ताव आएको छ । त्यसबारे शनिबार छलफल गरेर निर्णयमा पुगिन्छ’, ती सदस्यले  भने, ‘निर्णय भैसकेको छैन ।’  उनका अनुसार प्रचण्डले बैठकमा वरिष्ठ सहित सात उपाध्यक्ष राख्ने प्रस्ताव गरेका छन् । ‘अध्यक्ष एक, वरिष्ठ सहित सात उपाध्यक्ष, महासचिव एक, उपमहासचिव २ र तीन सचिव रहने प्रस्ताव छ’, ती सदस्यको भनाई छ ।  

यसअघि माओवादीले उपाध्यक्ष पद राख्ने भनेपनि कति संख्यामा भन्ने खुलाएको थिएन । त्यस्तै वरिष्ठ उपाध्यक्षको पनि माओवादीले यसअघि कुनै व्यवस्था गरेको थिएन । नेताहरुको व्यवस्थापन गर्न चुनौति देखिएपछि वरिष्ठ उपाध्यक्षको पद पनि सिर्जना गर्न लागेको नेताहरुको भनाई छ ।

तर बैठकमा वरिष्ठ उपाध्यक्षको ठाउमा वरिष्ठ नेता राख्नुपर्ने र सात उपाध्यक्षको ठाउमा ५ राख्नुपर्ने भन्ने प्रस्ताव समेत अध्यक्ष बाहेकका नेताले गरेको बुझिएको छ । पुस ११ देखि १३ सम्म सो पार्टीले  राष्ट्रिय सम्मेलन गर्दैछ । सम्मेलनमार्फत विधानमा गरिने सो व्यवस्थाको अनुमोदन गर्ने माओवादीको तयारी छ ।

बरिस्ठ सहित ७ जना उपाध्यक्ष बनाउने तयारी गरेका प्रचण्डले अधिकतम असन्तुष्टिलाई समेट्ने काेसिस गर्ने छन । बरिस्ठ उपाध्यक्षका लागि नेकपा का पुर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा र बर्षमान पुनबिच चर्काे हुने देखिन्छ यद्यपि प्रचण्डले तिनै जनालाई उपाध्यक्ष बनाउने सम्भावना देखिन्छ ।

यस्तै उपाध्यक्षमा पम्फा भुसा, देव गुरुङ, ओन्सरी घर्ती, जयपुरी घर्ती हितमान शाक्य, देवेन्द्र पाैडेलबिच प्रतिष्पर्धा हुने देखिन्छ । यसपटक माओवादीले बहुपदमा धेरै जसाे क्षेत्र लाई पदाधिकारीमा समेट्ने बताइएकाे छ ।

हालसम्म भने माओवादी ले सम्मेलनकाे केही समय बाकि रहदापनि पदाधिकारी फाइनल गरेको छैन् । अध्यक्ष प्रचण्ड बाहेक महासचिवमा जनार्दन शर्मा र पम्फा भुसालले उम्मेदवारी नै घाेषणा गरेका छन् भने कृष्ण बहादुर महरा बर्षमान पुन पनि महासचिवका दावेदार छन् । यस्तै देव गुरुङ नारायणकाजी श्रेष्ठ हितमान शाक्य ओन्साेरी घर्ती देवेन्द्र पाैडेल लगायतका नेताहरुले पदाधिकारी दावी गर्दै आएका छन् ।

हालको विधानमा ५ जना मात्र पदाधिकारी रहने व्यवस्था छ । तर वडामा ५, पालिकामा ७ र प्रदेशमा ९ सदस्यीय पदाधिकारी बनाएकाले केन्द्रमा पनि थप्न विधान संशोधन समिति बनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार