logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

बालकाेट जाँदै देउवा र प्रचण्ड ।


  • राजनीति
  • शनिबार, पुष १० २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट जाने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा समेत नेकपा एमालेका अध्यक्ष ओली अनुपस्थित रहँदै आएका छन् । लगातार संसद अवरुद्ध गर्ने र सर्वदलीय बैठकमा समेत नआएको भन्दै प्रचण्डले भने, ‘मैले त प्रधानमन्त्रीजीलाई उहाँ आउनु हुन्न, तपाईं र म नै बालकोट जाऊँ भनेको छु ।’

ओलीलाई भेटेर सदन पनि रोकिदिनुभएन भन्ने र अरु विषय पनि छलफल गर्ने उनको प्रस्ताव छ । शनिबार सम्पादकहरुसँग भएको छलफलमा प्रचण्डले सुनाएअनुसार प्रधानमन्त्री देउवाले महाधिवेशन पछि जाउँला भनेका थिए ।

प्रचण्डले भने, उहाँहरुको महाधिवेशन सकिएको छ । हाम्रो पनि सकिन्छ र जरुरी पर्‍यो भने बरु उहाँ आउन नमान्ने हो भने हामी नै जाने ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार