राजनीति
भाेलीबाट सुरु हुने नेकपा माओवादी केन्द्रको आइतवार शुरु हुने वहुचर्चित महाधिवेशनमा महासचिवका प्रबल दाबेदार वर्षमान पुन सहभागी हुन नसक्ने भएका छन् ।
थाइल्याण्डमा उपचार सम्भव नभएपछि एयर एम्बुलेन्सबाट चीन गएका पुनको उपचार अझै जारी रहेका कारण महाधिवेशन मा आउन नसक्ने भएका हुन् ।
निकट स्रोतका अनुसार पुन जसरी पनि सम्मेलनमा आउन चाहान्थे । तर उनको कलेजोमा जण्डिसको मात्रा कायमै रहेको र शक्रुवारमात्रै चिकित्सकले थप उपचार थालेकाले नेपाल यात्रा रोकिएको हो ।
पुनले अध्यक्ष प्रचण्डसँग पनि टेलिफोन सम्पर्क गरेका थिए । प्रचण्डले उपचार सकेर आउनू भन्दै पुनको अनुपस्थितिमा उनको राजनीतिमा असर पर्ने कुनै निर्णय नहुने आश्वासन दिएको स्रोतले जनाएको छ ।
बरिस्ठ सहित ७ जना उपाध्यक्ष बनाउने तयारी गरेका प्रचण्डले अधिकतम असन्तुष्टिलाई समेट्ने काेसिस गर्ने छन । बरिस्ठ उपाध्यक्षका लागि नेकपा का पुर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा र बर्षमान पुनबिच चर्काे हुने देखिन्छ यद्यपि प्रचण्डले तिनै जनालाई उपाध्यक्ष बनाउने सम्भावना देखिन्छ ।
यस्तै उपाध्यक्षमा पम्फा भुसा, देव गुरुङ, ओन्सरी घर्ती, जयपुरी घर्ती हितमान शाक्य, देवेन्द्र पाैडेलबिच प्रतिष्पर्धा हुने देखिन्छ । यसपटक माओवादीले बहुपदमा धेरै जसाे क्षेत्र लाई पदाधिकारीमा समेट्ने बताइएकाे छ ।
हालसम्म भने माओवादी ले सम्मेलनकाे केही समय बाकि रहदापनि पदाधिकारी फाइनल गरेको छैन् । अध्यक्ष प्रचण्ड बाहेक महासचिवमा जनार्दन शर्मा र पम्फा भुसालले उम्मेदवारी नै घाेषणा गरेका छन् भने कृष्ण बहादुर महरा बर्षमान पुन पनि महासचिवका दावेदार छन् । यस्तै देव गुरुङ नारायणकाजी श्रेष्ठ हितमान शाक्य ओन्साेरी घर्ती देवेन्द्र पाैडेल लगायतका नेताहरुले पदाधिकारी दावी गर्दै आएका छन् ।
हालको विधानमा ५ जना मात्र पदाधिकारी रहने व्यवस्था छ । तर वडामा ५, पालिकामा ७ र प्रदेशमा ९ सदस्यीय पदाधिकारी बनाएकाले केन्द्रमा पनि थप्न विधान संशोधन समिति बनाइएको छ ।
यता वर्षमान पुन निकट नेता कार्यकर्ताले उपचारका क्रममा रहेका पुनलाई राष्ट्रिय सम्मेलनको हलबाटै महासचिव घोषित गर्न समेत अध्यक्ष प्रचण्डलाई दबाब दिएका छन् ।
स्रोतका अनुसार कर्णाली प्रदेशका मन्त्री समेत रहेका विन्दमान विष्ट समेत केही नेताले प्रचण्डलाई भेटेरै उपचारका क्रममा रहे पनि वर्षमानको भूमिका र संगठनमा सिनियरिटी हेरेर महासचिव घोषणा गर्न सुझाव दिएका छन् ।
वर्षमान नआउने भएपछि महाधिवेशनबाट महासचिव लगायत पदाधिकारी चयन हुने सम्भावना तत्काललाई टरेको नेताहरुले बताएका छन् । प्रचण्डले वर्षमानको अनुपस्थितिमा नेतृत्वको चुनाव गराउन नचाहने उनीहरुको भनाइ छ ।