राजनीति
नेकपा माओवादी केन्द्र का युवा नेता तथा अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष लेखनाथ न्याैपानेले एमसिसी पास कुनै पनि हालतमा नहुने बताएका छन् । उनले विदेशी प्रभुसामु लम्पसार परेर कथित राष्ट्रघाती सम्झाैतालाई कुनैपनि कारण एमसिसी पास गर्न नसकिने बताए ।
नेता न्याैपानेले यदि माओवादी भित्र काेहि कसैले एमसिसी पास गर्छाै वा एमसिसीकाे पक्षमा लाग्छ भने अमेरिकीहरुकाे जुठाे खाने पाल्तु कुकुर भन्दै उसका बिरुद्ध मुर्दावाद मात्रै आफै जुत्ता निकालेर हान्ने चेतावनी दिए ।
कथित बामपंथी तथा कम्युनिस्टकाे आडमा बिगतबाट राष्ट्रघाती सम्झाैता भइरहेको भन्दै महाकाली जस्ताे राष्ट्र घाती सम्झाैताकाे हस्ताक्षर कर्तालाई कम्युनिस्ट भन्न नसकिने समेत दाबी गरे।
यस्तै नेता न्याैपानेले एमसिसी सहि छ र पारित गर्नुपर्छ प्रचण्डले भनेपनि गलत हुने र त्याे क्षम्य हुन नसक्ने भन्दै प्रचण्ड कुनै बर्मास्त्रु नभएकाे बताए ।
न्याैपानेले राष्ट्रिय सम्मेलनकाे तयारी भएको अवस्थामा महाधिवेशन गर्ने निर्णय सहि नभएको समेत दावी गरे महाधिवेशन र राष्ट्रिय सम्मेलनमा धेरै अन्तर रहेकाे भन्दै उनले ८ घन्टाकाे तयारीले महाधिवेशनकाे उचाइ लिन नसक्ने समेत बताए ।
उनलेे अबकाे महाधिवेशनमा बिचारकाे बहस हुनुपर्ने बताए, माओवादी भित्र देखिएका बिकृतीकाे बारेमा बहस हुने बताए ।