राजनीति
जारी माओवादी केन्द्र काे महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशन अन्तरगत बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ‘२१ औं शताब्दीमा नेपाली समाजवादको नेपाली बाटो’को शीर्षक परिवर्तन गर्न सुझाव आएको छ ।
उपत्यका विशेष प्रदेशको समूहमा भएको छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा टोली नेता जगत सिम्खडाले प्रतिवेदनको शीर्षक परिवर्तन गरेर ‘समाजवादी क्रान्तिको नेपाली बाटो’ राख्न उपयुक्त हुने समूहमा सुझाव आएको बताए ।
उनले छलफलमा प्रचण्ड पथलाई ब्यूँताइनु पर्ने सुझाव समेत आएको बताउँदै कार्यकर्तालाई उत्पादनमा जोडिनुपर्ने बताए । सातौँ महाधिवेशनमा ल्याइएको उत्पादन ब्रिगेड किन कार्यान्वयन हुन सकेन भन्नेबारे पनि समीक्षा हुनुपर्ने बताए ।