राजनीति
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा माग १३,१४ गते काभ्रेको मन्डन देउपुर आधारभूत केन्द्रीय स्कुलिङ उत्साह पुर्न ढंगले चलिरहेको उक्त आधारभूत केन्द्रीय स्कुलिङ्ग अभियान देशभर चार वटा ठाउँमा सम्पन्न गरिसकेको छ ।
साविक राप्ती र लुम्बिनी, भेरी र कर्णाली, र सेती र महाकाली हुँदै अहिले बाग्मतिमा पनि संयुक्त स्कुलिङ कार्यक्रम सम्पन्न भएको बताइएकाे छ ।
नेकपा केन्द्रीय सदस्य एवम् काभ्रे इन्चार्ज आधारको समेत उपस्थिति रहेको प्रशिक्षणमा अध्यक्ष बन्धु चन्दकाे नेतृत्वमा देशभर स्कुलिङ्ग भइरहेका छन् । महिला आन्दोलनको इतिहास, वैज्ञानिक समाजवादमा महिलाहरूको भूमिका, संगठनात्मक सिद्धान्त, महिला र संस्कृति बिषयमा प्रशिक्षण भएको बताइएकाे छ । 
उद्घाटन कार्यक्रम सहिद परिवार निर्मला खत्रीको अध्यक्षता र संगठनकी केन्द्रीय सदस्य पवित्राको सञ्चालनमा सम्पन्न भएको थियो । दुईदिनसम्म सञ्चालन हुने प्रशिक्षणको शुक्रबार समापन हुँदैछ । 
स्कुलिङ्ग प्रशिक्षणलाइ सम्बाेधन गर्दै नेकपा का केन्द्रिय सदस्य काभ्रे जिल्ला इन्चार्ज आधारले प्रशिक्षण ऐतिहासिक र एकीकृत जनक्रान्तिमा महिलाहरुको उत्साहपूर्ण ढंगले आन्दोलनमा जोडिने कुरामा सफल रहने विश्वास व्यक्त गरे। प्रशिक्षणले महिलाहरुलाई क्रान्ति बुझाउनुपर्ने र विभेदका विरुद्ध लड्न उत्प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रम मा नेकपाका नेताहरु जनपत्रकार संगठनका नेताहरु पनि सहभागी रहेकाे गणतन्त्रिक मञ्चका पुर्व सचिव नहकुल चाैलागाइले जानकारी दिए ।