तत्काल राष्ट्रिय सम्मेलना लाई ८ औं महाधिवेशनकाे घोषणा गरि माओवादी केन्द्र अध्यक्ष प्रचण्ड कामरेडले आफ्नो राजनीतिक प्रतिबेदन महाधिवेशन मा उपस्तिथ प्रतिनिधि प्ररिवेक्षक बिच लामो समय लिएर प्रस्तुत गर्दै गर्दा उपस्तिथि नेताकार्यकर्ता हरुमा एक खालको रौनक पनि छाएको देखिन्थ्यो पार्टी रुपान्तरण र नेता कार्यकर्ताको आम जीवन शैलीलाई लिएर धेरै चर्चा उक्त राजनीति प्रतिबेदनले जनता र नेताको सम्बन्ध लाई अझै प्रगाढ गर्ने गरि पार्टी मा देखा परेको लक जरियस जिबन शैली नाताबाद कृपाबादको अन्त्य गर्ने गरि आएको प्रतिबेदन प्रती उक्त पार्टीका ईमानदार नेताकार्यकर्ता केही हद सम्म निकै उत्साह देखिन्थे महाधिवेशन बाहीर उपस्तिथि केही मिडियाहरुलाई दिएको ईन्टरभ्युलाई हेर्दा अब प्रचण्डहरु अब रुपान्तरण भएर आउने कुरामा धेरैको चासो चिन्ताको विषयक नेपाली राजनीतिमा देखा पर्नु स्वाभाविक थियो ।
उक्त राजनीति प्रतिबेदनमा बिस्तृत शान्ती सम्झौता र जनमुक्ति सेना संयुक्त रास्टसंघ को मातहत मा क्यान्टोनमेन्ट बसाइँ सेना समायोजन, हतियार ब्यबस्थापन , चुनबाङ बैठक ,खरी पार्टी भेला ,बालाजु ,पालुङटार,को बिस्तृत समिक्षा पनि गरिएको छ ब्यबहारिक पाटाहरुमा हेर्दा परिणाम शन्यू देखिन्छ बाहिर प्रचार जे जसरी गरेपनी आन्तरिक तयारी भने आगामी निर्बाचन लाई केन्द्रित राजनीति हाईलाईट गर्ने मात्रै देखिन्छ यसो भनी रहदा के माओवादी नेताहरु साच्चिकै पार्टीलाई २०६४ मा निले आट गर्न सक्छ्न त भन्दा यो कदापि हुनै सक्दैन किन कि ब्याबाहरिक पाटो एक दमै गाह्रो छ ।।
कथित संसदिय राजनीतिको दलदलमा फसेको माओवादीले पुन जनताको जीवन शैली सङ्ग जोडिएर काम गर्ने सपना त खाली दिवा मात्रै हो प्रचण्ड ज्यु भन्नू भएको छ म आफै बाट बिस्तारै रुपान्तरणको बाट तिर जान्छु र आम नेताकार्यकर्तामा देखियको राजनीति, आर्थिक, सास्कृतिक,बिचलनता कसरी सुधारमा आउन सक्छ यो त उनीहरुको एउटा गरि खाने बाटो राजनीति भैसकेको छ जनता अहिले २०५२/५६/५७/५८ तिर छैन जो जहाँ भन्यो तेहि तिर लाग्ने राम्रोसँग थाहा भएको छ आम नागरिकमा अझै भन्दा कथित यो संसदिय राजनीतिबाट कुनै पनि आस राख्न छोडेका छ्न यो सबै एहि फोहोरी राजनीतिले गर्दा हो जो आफू सत्तामा नपुगुन्जेल दिने झुटो आसपासन हो नेपाली राजनीतिमा ।
प्रचण्ड कामरेड ले यसो भनिरहदा केही नेताका छोराछोरी युरोप र अमेरिका तिर जाने क्रम घट्छ कि भनेको त अझै पावर र पहुँचको आधारमा नाता गोता मन्त्रीका आफ्नत देखी गाई बेचेको नातागोता ले सम्म चान्स पाएको देखिन्छ चारैतिर यस्को बिरोध र आलोचना उत्तिकै आएको देखिन्छ जो माओवादी नेताहरुको उच्च हाईफाईलाई लियर आज पनि तेहि भएको छ कामरेड उता तपाईंको महादिबेसन सकियकै छैन शिक्षा मन्त्री देबन्द्र पौडेलकि पुत्रि उच्च शिक्षाको लागि बाहिर उडिन अनि यहि होत नेताहरुबाट सुरुवात हुने रुपान्तरण के आसा राख्छ्न तपाईंका अन्य नेताकार्यकर्ताले पहुँचमा हुनेहरु त हिजो पनि त उच्च शिक्षाका लागि बाहिर नै गएका थिए आज पनि उसैलाई निरन्तरता दिइ राखेका छन अब तेसैले माओवादी पार्टी रुपान्तरण भएर आउने मा १% सहि छैन योत आगामी चुनावी राजनीति मात्रै हो ।।
हिजो सङ्गै युद्धमा होमिएका घाइते अपांग आज एउटा् सिटामोल सम्म खाने आर्थिक नहुदा आज अकालमै ज्यान गहिरहेको छ ती घाउहरु मा डेर्सिङ गर्ने सम्म पैसा नपाएर घाउमा किरा परिरहेका छन तर तपाईंहरुको जिबन भने महा राजाभन्दा कम छैन अलिकति स्वास्थमा केही गडबडी हुँदा तपाईंहरु सिङ्गापुर, चाईना युरोप ,अमेरिका देखी अन्य देशमा उपचार गराउनु हुन्छ तर जनयुद्धका घाइते अपांग ले भने आफ्नै देशमा पनि राम्रोसँग औसधि उपचार गर्न पाएका छैन्न तपाईलाई के लाग्छ ती घाइते अपांगहरुको महत्त्वपूर्ण योगदानले आज तपाईंहरु त्यो स्थानमा हुनुहुन्छ नत्र सामान्य नागरिक सो सरहनै हुन्थ्यो तपाईंहरु को जीवन शैली ।।
आज तपाईका सहयोद्धा कोहि अरब ,खाडीमा चर्को ब्याज तिरेर आफ्नो पसिना बेच्न बाध्य छन किन एहि थियोे परिबर्तन १० बर्ष जनयुद्धको होइन भने तपाईहरुलाई एउटा् सत्तामा रहदा पनि आफ्नो घाइते अपांग बेपत्ता हरुको लागि केही गर्न सक्न्नु भएन माओवादीबाट कामरेड प्रचण्ड गणतन्त्रनेपाल को पहिलो प्रधानमन्त्री हुनु भयो र तेस पछि पनि फेरि सत्तामा जानू भयो २/२ पटक प्रधानमन्त्री हुँदा सम्म पनि आफ्ना घाइते अपांग साथीहरूको उचित ब्यबस्थापन गर्न नसक्नुलाई कसरी बुझ्ने अब अहिले आएर आत्म आलोचनाले खासै महत्त्व राख्दैन जनताको माग यो थियोे देश माओवादीमय बनेको हेर्ने तर तपाईं कथित संसदिय राजनीतिमा फसि सक्नुभएको छ नत बाहिर आउन नै सक्नु हुन्छ नत भित्र जनाएर बस्ने पावर नै छ जहाँ सम्म यो त्यागेर जनताका बिच आउनु हुन्न त्यहाँ सम्म जनताले तपाईलाई बिश्वास गर्ने बाताबरण सिर्जना हुनै सक्दैन ।।
दस बर्ष जनयुद्धले देशमा ठुलो परिवर्तन भएको हो तर यस्को स्थागत गर्न नसक्नु प्रचण्डहरुको ठुलो कमजोरी थियोे सेना समायोजनकै कुरामा पनि यहाँ आत्मसमर्पण गराईयको छ ३२ हजार बाट संयुक्त रास्टसंघ UN बाट प्रमाणीकरण गरि झन्डै १३ हजार जनमुक्ति सेनालाई फेल गराईयो बाकी पास १९ हजार ६ सय मध्य १ हजार समायोजन र १८ हजार जनमुक्ति सेना समाजमा पुन स्थापना गर्ने काम गरियो आज उनीहरुको अबस्था हेर्दा निकै दर्दानक नै देखिन्छ कहाँ गयो हिजोको आसपासन युद्ध लड्दा कुनै शिक्षा हाईट वइटले फरक पारेन तर समायोजनमा यो लागू गर्दा के हेर्दै थियौं तिमी नेताहरु तेसैले तिमीहरु बाट कुनै आसा छैन आफ्नोबाटो नै भुलेकाहरुले फेरि जनाताकै घर दैलोमा हामी १५ दिन बस्छौं र श्रम गर्छौ भन्नू अर्थहिन प्रचार हो ।।
अहिलेको ८ औं महाधिवेशन पुरै आगामी निर्वाचन मा जनताको अँखामा छारो फाल्ने एउटा् रणनीति हो माओवादी नेताहरुबाट ब्याबाहारिक मा ल्याउन गाह्रो छ प्रचण्डले भने झै तेति सजिलो छैन समाजवाद ल्याउने कुरा आजको दिनमा जनताले चाहे जस्तो ब्यबस्था यो कथित संसदिय ब्यबस्थामा हुनै सक्दैन तेस्को लागि नेपाल मा जनताले नयाँ ब्यबस्था खोजेको छ त्यो हो बैज्ञानिक समाजवाद जो सम्भब छ ।।
संगै लडेका सहयात्री लाई हिजो टाउको मुल्य तोक्ने दलालहरु संघ मिलेर झन्डै २ बर्ष प्रतिबन्ध लागायौ जो जनतामा निकै लोक प्रियबन्दै गएको देखेर जो पार्टी अहिले पनि जनताको मुद्दा लियर अगाडि बडेको छ आम रास्ट्रबादी युवा र जनताको आसाको केन्द्र बनेको नेत्र बिक्रम चंद बिप्लपले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी हो सो पार्टीले अगाडि सारेको कथित संसदिय ब्यबस्था कि बैज्ञानिक समाजवाद भने बारे बहस गरिरहेको छ एहि कुरामा पनि माओवादी केन्द्रको टीका टिप्पणी निकै दया लाग्दो देखिन्छ तेसो होइन जनताले चाहेको ब्यबस्था भनेकै बैज्ञानिक समाजवाद हो फ़ोहोरको खाल्फो बाट बाहिर निस्किने प्रयास नेकपा माओवादी केन्द्र ले गर्नु पर्छ आजको आबसेत्ता संसदिय ब्यबस्था होइन बैज्ञानिक समाजवाद हो ।
जनयुद्धमा जसको योगदान छैन उसैलाई काधमा बोकेको परिणाम आज प्रचण्डहरुले भोग्दै छन। महान सहिदहरु, बेपत्ता योद्धा, घाइते योद्धा एवम् तमाम उत्पीडित वर्ग, सहिद परिवार, बेपत्ता योद्धाका परिवारहरुको अपमान गरेर गद्धारी गरेको परिणाम भोग्दै छन प्रचण्डहरुले । अन्ततः ‘२१औ शताब्दीमा समाजवादकाे नेपाली बाटो’ नामक राजनीति प्रतिवेदनले जनयुद्ध क्रान्ति बर्ग संघर्षकाे मुल बाटो बाट च्युत भएको छ । रुषमा लेनिनकाे मृत्यु पश्चात् खुश्चेवले शान्तिपूर्ण संर्घष ले समाजवाद स्थापना गर्न सकिने भन्दै बर्ग संघर्ष र क्रान्तिकाे अन्त्यकाे घाेषणा गरिदिएकाे घटना मानसपटलमा आयाे । त्यसकारण नेपाली माैलिकततकाे खुश्चेवी बाटो काे राजनीतिक प्रतिवेदन तथा चुनाव जित्ने प्रेम पत्र बाहेक अर्को हाेइन् ।
अझै केहि बिग्रेको छैन संसदीय ब्यबस्थाबाट बिद्रोह गरेर हिजोका माओवादीहरू आउनुस। हामीले परिकल्पना गरेको जनसत्ता निर्माण गरौं, जनसंबिधान घोषणा गरौं। क्रान्तिका बाकी कार्यभार पुरा गरौं।
क्रान्ति सम्भव छ मुक्ति सम्भव छ साथी ।।
फुटेर होइन जुटेर बडौ ,, एकीकृत जनक्रान्तीको महान यात्रामा ।। ( लेखक विप्लव नेतृत्वको नेकपाका युवा नेता हुन् )