logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

समानुपातिक तर्फका १४५ केन्द्रीय सदस्यकाे शुचि तयार, कहाँबाट कति ? हेर्नुस् [ सुचिसहित ]


  • राजनीति
  • शनिबार, पुष १७ २०७८

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा समानुपातिक पद्धतिबाट निर्वाचित हुने सदस्य चयन गर्ने जिम्मा प्रदेश समितिलाई दिएको छ ।

माओवादीको महाधिवेशनबाट पारित विधान अनुसार केन्द्रीय समितिका १५४ सदस्य समानुपातिक पद्धतिबाट चयन हुनेछन् । समानुपातिक पद्धतिबाट विभिन्न क्लस्टर अनुसार केन्द्रीय समितिमा चयन हुने नेताको नाम टुंगो लगाउने जिम्मा प्रदेश समितिलाई दिइएको एक नेताले जानकारी दिए ।

समानुपातिक पद्धतितर्फ प्रदेश १ बाट २१, प्रदेश २ बाट २५, वागमतीबाट ३०, गण्डकीबाट १४, लुम्बिनीबाट २३, कर्णालीबाट १७, सुदूरपश्चिमबाट १६ र विशेष क्षेत्रबाट ८ जना गरी कुल १५४ जना चयन हुनेछन् । केन्द्रीय सदस्यका बाँकी सदस्य भने खुला प्रतिस्पर्धाबाट चयन हुनेछन् ।

समानुपातिक तर्फबाट केन्द्रीय सदस्य चयनका लागि प्रदेश समितिको बैठक महाधिवेशन स्थलमा नै बसेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार