logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

प्रचण्डले २९९ केन्द्रीय सदस्यकाे नाम घाेषणा गर्दै !


  • राजनीति
  • आइतबार, पुष १८ २०७८

नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्य टुङ्ग्याएको छ ।  बन्दसत्र सुरु हुनुअघि बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले प्रदेशबाट आएका सिफारिसका आधारमा २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्यको नाम टुङ्गिएका जानकारी दिएका हुन् ।

 बैठकपछि स्थायी कमिटी सदस्य गणेश शाहले अब सुरु हुने  बन्दसत्रमा अध्यक्ष प्रचण्डले नाम पढेर प्रस्ताव गर्ने जानकारी दिए ।

बन्दसत्रले केन्द्रीय कमिटी सदस्यहरुको नाम अनुमोदन गरेलगत्तै  केन्द्रीय कमिटी बैठक बसेर १५ सदस्यीय पदाधिकारी चयन गर्ने शाहको भनाई छ । 

गत आइतबारबाट सुरु भएको माओवादीको आठौं महाधिवेशनले  यसअघि प्रचण्डको राजनीतिक तथा वैचारिक प्रतिवेदन र विधान  संशोधन प्रस्ताव सुझावसहित पारित गरेको छ । आजै नयाँ नेतृत्व  चयन गरेर महाधिवेशन आज आइतबार नै समापन गर्ने  माओवादीको तयारी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार