logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

ओली भेट्न बालकाेट पुगे देउवा


  • राजनीति
  • शनिबार, पुष २४ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

शनिबार बिहान साढे १० बजे प्रधानमन्त्रीले ओलीलाई भेट्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए ।

शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो ।

यसअघि समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेल बालकोट पुगेर ओलीसँग कुरा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार