logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

देउवा र ओलीबिच खतरनाक गाेप्य सहमति !


  • राजनीति
  • आइतबार, पुष २५ २०७८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच संसद्को गत्यावरोध अन्त्य गर्ने सहमति भएको बताएका छन्।

प्रमुख प्रतिपक्षि दलका नेता एमाले अध्यक्ष ओली र प्रधानमन्त्री देउवाबिच एमसिसी पारित गर्न संसद खाेल्ने सहमति भएको बुझिएकाे छ । त्यसका लागि एमाले अध्यक्ष ओलीले ५ दलिय गठबन्धन ताेडेर आउन देउवालाई आग्रह गरेका थिए । उनिहरुबिच करिव एक घन्टा बढी छलफल भएको थियोे । एमाले अध्यक्ष ओली ले गठबन्धन नताेडे एमसिसी पारित बहुमत भएकाले एमसिसी पारित गर्न र एमालेकाे सहयोग नलिन आग्रह गरेकाे समाचार बाहिरिएका थिए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले भने, ‘लामो समयसम्म प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताहरूबीच वार्ता र छलफल भएको थिएन। हिजो प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको निवास बालकोट गई महत्त्वपूर्ण भेटवार्ता गर्नुभएको छ। यसले संसद्को अवरोध खोल्ने सहमतिको वातावरण बनेको छ।’

संसद्को अवरोध खोल्दा माधवकुमार नेपाल लगायत १४ जना सांसदमाथिको कारबाही के हुन्छ भनी पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने, ‘मैले भोलि बिहानदेखि नै संसद् खुल्छ भनेको होइन। तर कुराकानी सकारात्मक भएको छ। एमाले जिम्मेवार प्रतिपक्ष हो । संविधान हामीले मिलेर नै बनाएका हौं।संसद्लाई क्रियाशील बनाउने पनि हामीले नै हो। माधव नेपाललगायत १४ सांसदमाथिको कारबाही सर्वोच्च अदालतसँग जोडिएको विषय भएकाले हामी त्यसमा प्रवेश गरेका छैनौं।’ नेता लेखकले प्रधानमन्त्री देउवा एमसीसीका बारेमा निकै गम्भीर र चिन्तित भएकाले संसद् खुलेपछि पारित हुने विश्वास व्यक्त गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार