logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय !


  • राजनीति
  • शनिबार, माघ १ २०७८

सरकारले सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सबै प्रकारका जुलुस, धर्ना र विरोध प्रदर्शनका कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो ।

कोरोनाको तेस्रो लहर नेपालमा पनि देखिन थालेको र दिन प्रतिदिन संक्रमितको संख्या बढ्न थालेपछि सरकारले नियन्त्रण तथा रोकथामको लागि आवश्यक पहल गर्ने निर्णय लिएको छ ।

हिजाे बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणको लागि सरकार गम्भीर भैरहेको तर यतिले मात्रै नपुग्ने भन्दै सबै मन्त्रीहरुलाई एक्शनमा उत्रिन निर्देशन दिएका छन् ।

उनले सुरुमा पछिल्लो अवस्थाबारे ब्रिफिङ लिएका थिए । प्रधानमन्त्री देउवाले मन्त्रीहरु नै संक्रमित हुनु राम्रो नभएको भन्दै आवश्यक सावधानी अपनाउनपनि निर्देशन दिएको बुझिएको छ ।

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने, हेर्नुहोस, मन्त्रीहरु संक्रमित हुनु राम्रो भएन । हामी कोरोना नियन्त्रणको लागि गम्भीर हुन आवश्यक छ । सबैर्ला खोप लगाउने व्यवस्था गरौं ।

बरु, घरघरमा गएर खोप लगाउनुपरे पनि त्यो पनि गरौं । मन्त्रिपरिषद् बैठकमा स्थानीय तहको निर्वाचनको तयारीबारे पनि छलफल भएको छ ।

यसअघि नै काठमाडौंमा भने जिल्ला प्रशासन कार्यालयले २५ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय गरेको थियो । 

दैनिक रुपमा कोरोना संक्रमित बढ्दै जाँदा सरकारले कोरोना नियन्त्रणका लागि भन्दै थप व्यवस्था गरेको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार